लेख विवरण

नेपालका धावक ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा छनोट

नेपालका धावक ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् ।

दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट भएका हुन् । विश्वको खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।

लामो दूरीको दौडतर्फ विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ । सो प्रतियोगितामा भाग लिन विश्वका ५० हजारभन्दा बढी युवा खेलाडी लण्डन पुगिसकेका छन् ।

संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक कुशल म्याराथन प्रतियोगितामा भाग लिने सिलसिलामा अहिले लण्डन पुगेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.