लेख विवरण

बुधबारबाट मेयर कप क्रिकेट

बुधबारबाट मेयर कप क्रिकेट

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सिद्धार्थनगर (भैरहवा)मा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा वैशाख १२ देखि १४ गते (तीनदिन) सम्म प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जानकारी दिएको छ ।

खेलाडीहरुको प्रोत्साहन, प्रतिभा प्रस्फुटन गर्न र खेलाडी दक्षता बृद्धि गर्दै प्रतिस्पर्धात्मक बनाउन प्रतियोगिता आयोजन गर्न लागिएको छ । प्रतियोगितामा १३ वटै वडाबाट १/१ समूह (टीम)को सहभागीता रहने खेलको संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला मै हुने प्रतियोगिताको विजेता टीमलाई नगद रु ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टीमलाई नगद रु २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको तयारी भइरहेको उनले बताए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.