आइपिएल २०२४ : बेङ्गलोरले टस जितेर बलिङ गर्दै
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा आज डबल हेडर (एक दिनमा दुई खेल) खेलाइने भएको छ । पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच प्रतिस्पर्धा हुँदैछ । कोलकाताको इडेन गार्डेन्स स्टेडियममा सुरु भएको खेलमा बेङ्गलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
दोस्रो खेल पञ्जाब किंग्स र गुजरात टाइटन्सबीच मुम्बईको मुल्लनपुरमा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
दुवै टिमको प्लेइङ–११
कोलकाता नाइट राइडर्स : श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, वेंकटेश अय्यर, अंगकृष रघुवंशी, रिंकू सिंह, आंद्रे रसेल, रमनदीप सिंह, मिशेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राणा।
रोयल च्यालेन्जर्स बैंगलोर : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक्स, रजत पाटीदार, क्यामरुन ग्रीन, दिनेश कार्तिक (विकेटकीपर), महिपाल लोमरर, कर्ण शर्मा, लोकी फर्गुसन, मोहम्मद सिराज र यश दयाल ।

टिप्पणी लेख्नुहोस्