लेख विवरण

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौँ । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आज राती हुदै छ ।

एफए कपको फाइनल भने मे २५ मा हुने छ ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.