लेख विवरण

भोजपुर गोल्ड कप : भगवती स्पोर्ट्स क्लब विजयी

भोजपुर गोल्ड कप : भगवती स्पोर्ट्स क्लब विजयी

भोजपुर । सातौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगितामा भगवती स्पोर्ट्स क्लब खोटाङले विजयी सुरुवात गरेको छ ।

कोदार रङ्गशालामा सोमबार भएको खेलमा भगवती स्पोर्ट्सले राजारानी फुटबल क्लब धनकुटालाई २–१ गोलले पराजित गर्यो । टोलीका लागि दुवै गोल मार्टिनले गरे ।

राजारानीका लागि सुनिल खड्काले सान्त्वना गोल फर्काए ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार सलहेश युवा क्लब र डागीहाट यूथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा ४९ लाख २५ हजार पाँच सय बराबरको अनुमानित लागतमा सञ्चालन भएको प्रतियोगितामा भारतको एक टिमसहित आठ टिमको सहभागिता रहेको छ ।

यही वैशाख ९ देखी १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौंँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.