लेख विवरण

जोकोभिक लाउरेस वर्ल्ड स्पोर्ट्सम्यान अफ द इयर, पहिलो पटक फिफा महिला विश्वकप जितेको स्पेनले पनि जित्यो अवार्ड

जोकोभिक लाउरेस वर्ल्ड स्पोर्ट्सम्यान अफ द इयर, पहिलो पटक फिफा महिला विश्वकप जितेको स्पेनले पनि जित्यो अवार्ड

काठमाडौंँ । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले 'लारियस वल्र्ड स्पोर्ट्सम्यान अफ द इयर २०२४' अवार्ड जितेका छन् । जोकोभिचको यो पाँचौं लारियस अवार्ड हो । स्पेनको म्याड्रिडमा अप्रिल २२ मा २५ औं लारियस वल्र्ड स्पोर्ट्स अवार्ड समारोह सम्पन्न भएको थियो । यो पुरस्कार अघिल्लो वर्षको उपलब्धिका लागि प्रदान गरिन्छ ।

उनले यस मामिलामा पूर्व टेनिस खेलाडी रोजर फेडेररको बराबरी गरेका छन् । यी दुवै खेलाडीलारेस अवार्डको इतिहासमा सबैभन्दा धेरै पटक सम्मानित भएका छन् ।

जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र युएस ओपनको उपाधि जितेका थिए । जोकोभिच पुरुष एकलमा सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने खेलाडी हुन् ।

स्पेनिस मिडफिल्डर एटाना बोनमाटीले सन् २०२४ को लारियस वल्र्ड स्पोर्ट्स वुमन अफ दि इयर अवार्ड जितेकी छिन् । बोनमतीले गत वर्ष फिफा महिला विश्वकपमा गोल्डेन बलको ट्रफी पाएकी थिइन् । विश्वकप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई गोल्डेन बल प्रदान गरिन्छ ।

स्पेनको टोलीले गत वर्ष पहिलो पटक महिला फुटबल विश्वकप को उपाधि जितेको थियो, जसलाई लरियस टिम अवार्ड प्रदान गरिएको थियो। स्पेनले फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराएको थियो ।

लारियस वर्ल्ड स्पोर्ट्स अवार्ड्स समारोह प्रत्येक वर्ष हुन्छ। यसमा वर्षभरि नै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी र टिमलाई यो अर्वाडबाट सम्मान गरिन्छ । यसको स्थापना सन् १९९९ मा लरियस स्पोर्ट फर गुड फाउन्डेसनका संस्थापकडेमलर र रिचेमोन्टले गरेका थिए।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.