आईपीएलमा इतिहास रच्दै एमएस धोनी
काठमाडौंँ । आइपिएल २०२४ को ३९ औं खेल लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच एमए चिदम्बरम स्टेडियममा हुनेछ । दुवै टोलीले यो सिजन अहिलेसम्म ७–७ खेल खेलेका छन् र ४–४ खेलमा जित हात पारेका छन् । यस्तोअवस्थामा अंक तालिकालाई मध्यनजर गर्दै यो खेल दुवै टिमका लागि निकै महत्वपूर्ण हुने बताइएको छ । यो खेलमा सबैको नजर एमएस धोनीमाथि हुने बताइएको छ । उनले यो खेलमा इतिहास बनाउन सक्छन् ।
धोनीले आइपिएलमा अहिलेसम्म २ सय ५७ खेल खेलेका छन् । उनी यस लिगमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । धोनीले यस अवधिमा १ सय ४९ खेलमा जित हात पारेका छन् । यदि सीएसकेको टोलीले लखनउ सुपर जायन्ट्सविरुद्धको खेल जित्यो भने यो एमएस धोनीको १ सय ५० औं जित हुनेछ । योसँगै उनी आइपिएलइतिहासमा १ सय ५० खेल जित्ने पहिलो खेलाडी बन्नेछन् । आइपिएलमा सर्वाधिक म्याच जित्ने मामिलामा अहिलेसम्म कुनै पनि खेलाडी एमएस धोनीसम्म पुग्न सकेका छैनन् ।
धोनीले आइपिएलमा अहिलेसम्म कुल २ सय ५७ खेल खेलेका छन् । यस अवधिमा उनले ३९.४६ को औसतमा ५ हजार १ सय ६९ रन बनाएका छन् । जसमा २४ अर्धशतक पनि समावेश छन् । महेन्द्र सिंह धोनी आइपिएलका सबैभन्दा सफल कप्तानमध्ये एक हुन् । उनको कप्तानीमा चेन्नई सुपर किंग्सले ५ पटक आइपिएलको उपाधि जितेको छ । उनी सन् २००८ देखि चेन्नई सुपर किंग्सबाट खेल्दै आएका छन् ।

टिप्पणी लेख्नुहोस्