लेख विवरण

ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठ चीन जाने

ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठ चीन जाने

काठमाडौंँ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ बुधबार चीनको छेङदु जाने भएका छन् ।

विश्व ब्याडमिन्टन महासंघ तथा एसियाली ब्याडमिन्टन महासंघको वार्षिक साधारण सभामा सहभागी हुन श्रेष्ठ चीन जान लागेका हुन् ।

अप्रिल २५ तारिखमा एसियाली ब्याडमिन्टन महासंघ तथा अप्रिल २६ देखि २७ तारिखसम्म विश्व ब्याडमिन्टन महासंघको साधारण सभा छेङदुमा हुँदै छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले श्रेष्ठलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.