ऋतिक सिटिजन्स बैंक खुला टेनिसको सेमिफाइनलमा
काठमाडौंँ । ऋतिक राणा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ऋतिकले आशिष खड्कालाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा राष्ट्रिय च्याम्पियन प्रदीप खड्काले आयुशमान हजुर घलेलाई ६–० र ६–३, प्रणव खनालले आर्यन गिरीलाई ६–७, ६–४ र ६–२ तथा प्रणव मानन्धरले निशान श्रेष्ठलाई १–६, ६–३ र ६–२ को सेटमा हराउदै सेमिफाइनलमा पुगे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको मिक्स डबल्समा प्रदीप खड्का/माहिका राणा, आइशा डोल्कर गुरुङ/आर्यन गिरी, सुमन लामा/भगवती विक तथा ऋतिक राणा/अभिलाषा विष्टको जोडी सेमिफाइनलमा पुगे ।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्जिवकुमार श्रेष्ठ/दुर्गा केसी, मनोज श्रेष्ठ/अञ्जन बानियाँ, भीष्मजंग गुरुङ/देव क्षेत्री तथा नवीन श्रेष्ठ/सुकमान तामाङको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

टिप्पणी लेख्नुहोस्