लेख विवरण

आइसिसीद्धारा नयाँ टी–२० वरियता सार्वजनिक, दिपेन्द्र १० स्थानमाथी उक्लिए

आइसिसीद्धारा नयाँ टी–२० वरियता सार्वजनिक, दिपेन्द्र १० स्थानमाथी उक्लिए

काठमाडौंँ । आइसिसीले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा भारतका सूर्यकुमार यादव ८ सय ६१ रेटिङका साथ शीर्ष स्थानमा पुगेका छन् । त्यस्तै इंग्ल्यान्डका फिल साल्ट ८ सय २ रेटिङका साथ दोस्रो स्थानमा छन् ।

पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ८ सय रेटिङका साथ तेस्रो स्थानमा रहेका छन् । दक्षिण अफ्रिकाका एडेन मार्कराम एक स्थान माथि उक्लिएका छन् । उनी अहिले चौथो स्थानमा आएका छन् र उनको रेटिङ ७ सय ५५ रहेको छ । पाकिस्तानका कप्तान बाबर आजम एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेका छन् ।

भारतका यशस्वी जयसवाल वरियताको छैटौं स्थानमा छन्। दक्षिण अफ्रिकाका रिली रोसोउ ६ सय ८९ रेटिङका साथ सातौं स्थानमा छन् । इंग्ल्यान्डका जोस बटलर एक स्थान माथि उक्लँदै ६ सय ८० रेटिङका साथ आठौं स्थानमा पुगेका छन् । न्युजिल्यान्डका फिन एलेन एक स्थान तल झर्दै नवौँ स्थानमा छन् । उनको रेटिङ ६ सय ६६ रहेको छ । दक्षिण अफ्रिकाकी रिजा हेड्रिक्स ६ सय ६० रेटिङका साथ १० औं स्थानमा छन् ।

टी–२० वरियतामा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरि १० स्थान माथी उक्लदै ५० औं स्थानमा पुगेका छन् । त्यस्तै कप्तान रोहित पौडेल ७ स्थान तल झर्दै ५९ औं स्थानमा पुगेका छन् । ओपनर आसिफ शेख पनि १४ स्थान तल झर्दै ८६ औं स्थानमा पुगेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा ३ नेपाली खेलाडीहरु शिर्ष सय भित्र रहेका छन् ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.