लेख विवरण

गणेशमान सिंह राष्ट्रिय टि– २० क्रिकेट : गण्डकी र लुम्बिनीको जित

गणेशमान सिंह राष्ट्रिय टि– २० क्रिकेट : गण्डकी र लुम्बिनीको जित

काठमाडौंँ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टि– २० क्रिकेट प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।

मूलपानी माथिल्लो क्रिकेट मैदानमा गण्डकीले कोशी प्रदेशलाई ४ विकेटले पराजित ग¥यो । गण्डकीका दिनेश बुढा मगर ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनले २४ बलमा ३३ रन जोडे ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हरायो । ५२ बलको सामना गर्दै ६७ रन बनाउनुका साथै २ क्याच लिएका लुम्बिनीका आकाश त्रिपाठी ‘प्लेयर अफ दि म्याच’ चुनिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.