३५ वर्षीय यी बलरले आइपिएलमा बनाए लज्जास्पद रेकर्ड
काठमाडौंँ । दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीचको खेलमा दिल्लीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ सय २४ रन बनाएको छ । यस क्रममा ऋषभ पन्त र अक्षर पटेलको ब्याटले शानदार इनिङस देखायो । गुजरात टाइटन्सका बलरले पनि यस खेलमा लज्जास्पद रेकर्ड बनाएका थिए । यी बलर निकै महंगो साबित भए र लिगको इतिहासमा सबैभन्दा महंगो स्पेलको रेकर्ड बनायो ।
गुजरात टाइटन्सका तिब्र गति बलर मोहित शर्मा यस खेलमा फ्लप भए । उनले आफ्नो ४ ओभरको स्पेलमा ७३ रन खर्चेर विकेट असफल भए । योसँगै उनले आइपिएलको इतिहासमा सबैभन्दा महंगो स्पेलको रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड बासिल थम्पीको नाममा थियो । बासिल थम्पीले सन् २०१८ मा ४ ओभरमा ७० रन खर्चेका थिए । यो सूचीमा यश दयाल तेस्रो नम्बरमा छन् । गुजरात टाइटन्सका लागि खेल्दा यश दयालले ४ ओभरमा ६९ रन खर्चेका थिए । जसमा उनले एक ओभरमा पाँच छक्का पनि खाएका थिए ।

टिप्पणी लेख्नुहोस्