लेख विवरण

आइपिएल : पन्त र अक्षरको उत्कृष्ट पारिमा दिल्लीले गुजरातलाई ४ रनले हरायो

आइपिएल : पन्त र अक्षरको उत्कृष्ट पारिमा दिल्लीले गुजरातलाई ४ रनले हरायो

काठमाडौंँ । कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले आइपिएल २०२४ को ४० औं खेलमा गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । टोलीले जारी सिजनको चौथो खेलमा जित हात पारेको हो । जितसँगै दिल्ली ८ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

अरुण जेट्ली स्टेडियममा बुधबार गुजरातले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २५ रन बनायो । लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन मात्र बनाउन सक्यो । टोलीका लागि राशिद खान २१ रनमा अविजित रहे । डेभिड मिलर ५५ र साइ सुदर्शनले ६५ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ दिल्लीका रसिक सलामले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।

दिल्लीका कप्तान ऋषभ पन्तले ४३ बलमा ८८ रन बनाए । उनले ५ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्काप्रहार गर्दै ६६ रनको योगदान दिए । यी दुईबीच चौथो विकेटका लागि शतकीय साझेदारी भएको थियो । बलिङतर्फ गुजरातका सन्दीप वारियरले ३ विकेट लिए ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.