आईपीएल : आरसीबी प्लेअफको दौडमा कायमै, केकेआरलाई अग्रता बनाउने मौका
काठमाडौंँ । विराट कोहली र रजत पाटीदारको अर्धशतकिय पारीमा आरसीबीले सिजनको ४१ औं खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ । यद्यपि यो खेलपछि अंक तालिकाको स्थितिमा भने कुनै परिवर्तन आएको छैन ।
जितसँगै आरसीबीले पञ्जाब किंग्ससँग ४ अंक जोडेको छ । पञ्जाबले ८ खेलबाट २ जितसहित ४ अंक जोडेको छ । तर खराब रनरेटका कारण आरसीबी तालिकाको अन्तिम स्थानमा रहेको छ । यता, सनराइजर्स १० अंकका साथ तेस्रो स्थानमा छ । यहाँबाट सनराइजर्स र आरसीबीका लागि प्लेअफ बाँकी नै छ ।
बिहीबारको खेलपछि सनराइजर्स र आरसीबी आ–आफ्नो स्थानमा छन् । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो । लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।
हैदरावादले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । २ अंक जोडेको भए यो टोली १२ अंकका साथ केकेआरभन्दामाथी दोस्रो स्थानमा आउन सक्थ्यो ।
आरसीबीले 'गर या मर' को खेलमा जित निकाल्दै प्लेअफमा आफ्नो दाबी लाई निरन्तरता दिएको छ । यसका लागि टोलीले आगामी खेलहरु ठूलो अन्तरले जित्नु पर्ने हुन्छ ।
आइपिएलमा आज केकेआर र पीबीकेएसबीच खेल हुँदैछ । अंक तालिकामा केकेआर राम्रो रन रेटका साथ १० अंक जोड्दै दोस्रो स्थानमा छ । आजको खेलमा जित हात पार्यो भने उसले ८ खेलबाट १२ अंकसहित अग्रता बनाउनेछ । ८ खेलबाट सनराइजर्स र एलएसजीको १० अंक मात्र छ । यस्तोमा केकेआर जितसँगै प्लेअफको दौडमा अगाडि रहनेछ ।
पञ्जाबकिंग्सले ८ खेलबाट २ जित सहित ४ अंक जोडेको छ । आज पञ्जाबले जित निकालेमा आठौं स्थानमा रहेको मुम्बईसँग ६ अंक जोडन सक्छ । तर टोलीले ठूलो अन्तरले जित हात पार्यो भने मात्र आठौं स्थानमा उक्लन सक्छ ।

टिप्पणी लेख्नुहोस्