लेख विवरण

आईपीएल : कोलकाताले पञ्जाबलाई दियो २ सय ६१ रनको लक्ष्य

आईपीएल : कोलकाताले पञ्जाबलाई दियो २ सय ६१ रनको लक्ष्य

काठमाडौंँ । आइपिएल २०२४ को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सलाई २ सय ६१ रनको लक्ष्य दिएको छ । टिमले सिजनमा पाँचौं पटक २०० भन्दा बढी रन बनाएको छ भने पञ्जाबविरुद्ध सिजनमा पहिलो पटक २०० भन्दा बढी रन बनाएको छ ।

कोलकाताको इडेन गार्डेन्स स्टेडियममा शुक्रबार भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६० रन बनायो । टोलीका लागि फिल साल्टले ३७ बलमा ७५ रन बनाए भने सुनिल नारायणले ३२ बलमा ७१ रन बनाए । दुवैले शतकीय साझेदारी गरेका थिए । आन्द्रे रसेल २४, वेंकटेश अय्यरले ३९ र श्रेयस अय्यरले २८ रन बनाए ।

पञ्जाबका लागि बलिङमा राहुल चाहर, अर्शदीप सिंह र साम कुरेनले समान १–१ विकेट लिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.