लेख विवरण

युवराज सिंह टी–२० विश्वकपको ब्रान्ड एम्बेसडर

युवराज सिंह टी–२० विश्वकपको ब्रान्ड एम्बेसडर

काठमाडौंँ । टी–२० विश्वकप २०२४ वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने तय भएको छ । यसैबीच आईसीसीले भारतको युवराज सिंहलाई सन् २०२४ टी–२० विश्वकपका लागि आफ्नो ब्रान्ड एम्बेसडरका रुपमा अनुबन्ध गरेको छ । युवराज सिंह भारतका ठूला खेलाडीमध्ये एक हुन् । टी–२० विश्वकपमा उनको धेरै ठूला रेकर्डहरु छन् । युवराजका साथै क्रिस गेल र उसैन बोल्टलाई पनि यस प्रतियोगिताका लागि ब्रान्ड एम्बेसडर बनाइएको छ ।

जब कसैको दिमागमा युवराज सिंहको नाम आउँछ, सबैभन्दा पहिला सन् २००७ को टी–२० विश्वकपमा उनले प्रहार गरेको ६ छक्काको याद आउछ । उनले टी–२० विश्वकपमा १२ बलमा अर्धशतक पनि बनाएका छन् । यो प्रतियोगिताको सबैभन्दा छिटो अर्धशतक पनि हो । युवराज सिंहको उत्कृष्ट फर्मका कारण भारतले सन् २००७ को टी–२० विश्वकप जितेको थियो ।

टी–२० विश्वकप २०२४ जुन १ देखि २९ सम्म आयोजना हुनेछ । जहाँ कुल २० टिमको सहभागिता रहेको छ । टी–२० विश्वकपमा नेपालले समूह चरणमा दक्षिण अफ्रिका, श्रीलंका, बङलादेश र नेदरल्याण्डस् सामना गर्नेछ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.