जापानमा उकेश र टार्जनलाई काश्य
काठमाडौंँ । जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ ।
टार्जन कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा काश्य पदक जितेका हुन् । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरेका थिए । २४ देश सहभागि रहेको सो प्रतियोगिताअन्तर्गत आइतबार साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी निरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत अन्य खेलाडीको पनि आइतबार पदक जित्ने प्रयास हुनेछ । प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपालले स्वर्ण पदक जित्ने बताए ।
जापानको ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको छ ।

टिप्पणी लेख्नुहोस्