लेख विवरण

वेस्ट इन्डिज ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

वेस्ट इन्डिज ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ। नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन्। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नियमित खेलिरहेका ओपनर आशिफ शेखसहित ४ खेलाडीलाई आराम दिएका छन्।

तीव्रगतिका बलर सोमपाल कामी र करण केसीलाई आराम पाएका छन्। यस्तै, मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोरालाई पनि उनले आराम दिएका छन्।

ओपनर आशिफ र लामो समयपछि टोलीमा फर्किएका उनका दाजु आरिफ शेखलाई पनि देसाईंले आराम दिएका छन्। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।

उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.