आइपीएल : एसआरएचले टस जितेर फिल्डिङ गर्दै
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल) को दिन हो। आजको दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुदैछ । खेल बेलुका ७ः४५ बजेदेखि चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा सुरु भएको छ । खेलमा एसआरएचले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
एसआरएच स्पिनर मयंक मार्कण्डे आजको प्लेइङ इलेभेनमा सहभागी छैनन् ।
यस सिजनमा चेन्नई–हैदराबाद दोस्रो पटक एकअर्कासँग खेल्दैछन् । पछिल्लो खेलमा हैदरावाद ६ विकेटले विजयी भएको थियो ।
दुवै टोलीको प्लेइङ–११
चेन्नई सुपर किंग्सः रुतुराज गायकवाड (कप्तान), अजिंक्य रहाणे, मोइन अली, डेरिल मिचेल, शिवम दुबे, रवीन्द्र जडेजा, एमएस धोनी (विकेटकिपर), मुस्ताफिजुर रहमान, दीपक चाहर, मथिश पाथिराना र तुषार देशपांडे।
सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, एडेन मार्कराम, हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, अब्दुल समद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनाडकट।

टिप्पणी लेख्नुहोस्