लेख विवरण

फरक क्षमताको खेल तथा संघ स्थापना गरेकोमा खनाल सम्मानित

फरक क्षमताको खेल तथा संघ स्थापना गरेकोमा खनाल सम्मानित

काठमाडौंँ । नेपालमा फरक क्षमताको खेल तथा खेल संघ स्थापना गरेकोमा अच्युत खनाल सम्मानित भएका छन् ।

टेक्नोलोजी एक्सिलेन्स नामक अन्तराष्ट्रिय संस्थाले काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा आज आयोजित एक कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष खनाललाई खेल सेवा सम्मानबाट सम्मानित गरेको हो ।

अध्यक्ष खनालले नेपालमा अन्तराष्ट्रिय रुपमा युवा बिद्यार्थी माझ लोकप्रिय रहेको खेलको खेल संघ स्थापना गरी स्केटिङ र स्केटबोर्ड खेललाई महत्वपूर्ण योगदान पुर्याएवापत सम्मान गरिएको बताइएको छ । कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रि सुजाता कोइराललगायतले खनाललाई सम्मान गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.