लेख विवरण

आईपीएल २०२४ मा बैंगलोरको लगातार दोस्रो जित

आईपीएल २०२४ मा बैंगलोरको लगातार दोस्रो जित

काठमाडौंँ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । टोलीले सिजनको ४५ औं खेलमा गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो । यो जितसँगै बैंगलोरले प्लेअफमा पुग्ने आशा जीवित राखेको छ । बैंगलोरले १६ ओभरमा एक विकेट गुमाएर २०१ रनको लक्ष्य पुरा गरेको थियो ।

टोलीको जितमा विल ज्याकले ४१ बलमा अविजित १०० रन बनाए भने विराट कोहलीले ४४ बलमा ७० रनको अविजित अर्धशतक बनाए । दुवैले ७४ बलमा १६६ रनको साझेदारी गरे ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले टस जितेर फिल्डिङ रोजेको थियो। गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो । टोलीका लागि साई सुदर्शनले ८४ रनको अविजित इनिङ्स खेले । शाहरुख खान (५८ रन)ले अर्धशतक बनाए । डेभिड मिलरले २६ रनको योगदान दिए । आरसीबीका लागि मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र स्वप्निल सिंहले १–१ विकेट लिए ।

आज हुने दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच एमए चिदम्बरम स्टेडियम, चेन्नईमा बेलुका ७ः४५ बजे हुनेछ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.