टी–२० क्रिकेटमा चेन्नईले रच्यो इतिहास
काठमाडौंँ। आइपिएल २०२४ को ४६ औं खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले टी–२० क्रिकेटमा इतिहास रचेको छ । सीएसके ३५ पटक २ सय भन्दा बढी स्कोर गर्ने पहिलो टिम बनेको छ । यो सँगै चेन्नईले समरसेटको रेकर्ड तोडेको छ ।
सनराइजर्स हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । चेन्नई सुपर किंग्सका लागि रहाणे र रुतुराज गायकवाडले सामान्य सुरुआत गरे । रहाणे ९ रनमा आउट भए । त्यसपछि रुतुराज गायकवाडले डेरिल मिचेलसँग शतकीय साझेदारी गर्दै टोलीको कमान सम्हालेका थिए ।
डेरिल मिचेलले ५२ रन बनाए । यस्तै कप्तान रुतुराज गायकवाडले ९८ रनको पारी खेले । शिवम दुबेले २० बलमा अविजित ३९ रनको योगदान दिए । महेन्द्रसिंह धोनीले अविजित पाँच रन बनाए । चेन्नईले निर्धारित २० ओभरमा २ सय १२ रन बनायो । टी–२० क्रिकेटमा चेन्नईले ३५ औं पटक २ सय भन्दा बढी रन बनाएको छ । यसअघि समरसेटले ३४ पटक २ सय भन्दा बढी रन बनाएको थियो ।

टिप्पणी लेख्नुहोस्