लेख विवरण

आइपिएल २०२४ : कोलकाता नाइट राइडर्सलाई १५४ रनको लक्ष्य

आइपिएल २०२४ : कोलकाता नाइट राइडर्सलाई १५४ रनको लक्ष्य

काठमाडौंँ । आइपिएल २०२४ को ४७ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १५४ रनको लक्ष्य दिएको छ । इडेन गार्डेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको क्यापिटल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको छ ।

दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक रन बनाए । उनले २६ बलमा अविजित ३४ रन बनाए भने कप्तान ऋषभ पन्तले २७ रनको योगदान दिए । बलिङतर्फ केकेआरका वरुण चक्रवर्तीले ३ विकेट लिए भने वैभव अरोरा र हर्षित रानाले २–२ विकेट लिए । यस्तै मिचेल स्टार्क र सुनिल नारायणले समान १–१ विकेट लिए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.