लेख विवरण

शहिद कप टि-२० क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा

शहिद कप टि-२० क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा

काठमाडौंँ । चौंथो शहिद कप अन्तर प्रदेश टि-२० क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले १४ सदस्यीय टोली घोषणा गरेको छ । देव खनालको नेतृत्वमा घोषणा गरिएको टोलीमा कृष्ण कार्की, निर्मल गुरुङ, म्रिनल गुरुङ, आकाश त्रिपाठी, दिलसाद अली, अजय चौहान र विर बहादुर घर्ति मगर रहेका छन् । त्यस्तै नर बहादुर सार्की, सुनिल भण्डारी, मोहम्मद हुसेन गड्डी, विराट भण्डारी, सद्धाव अन्सारी र अविनाश गौतम पनि टोलीमा रहेका छन् ।

शहिद कप टि-२० क्रिकेट प्रतियोगिता मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा यही वैशाख २० गते देखी २८ गते सम्म आयोजना हुने भएको छ । प्रतियोगिताका खेलहरु जनकपुरको रामजानकी बहुउदेश्य रंगशालामा हुनेछ ।

प्रतियोगितामा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र जनकपुर-११ ले सहभागिता जनाउने भएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.