टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा
काठमाडौंँ । न्युजिल्यान्डले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टी–२० विश्वकपका लागि स्टार खेलाडी केन विलियम्सनले कप्तानीको जिम्मेवारी पाएका छन् । एकदिवसीय विश्वकप २०२३ मा उत्कृष्ट ब्याटिङ गरेका रचिन रवीन्द्रलाई पनि टोलीमा स्थान दिइएको छ । रचिन र म्याट हेनरीले पहिलो पटक टी–२० विश्वकप खेल्नेछन् । बेन सियर्सलाई १६ औं ट्राभलिङ रिजर्भको रुपमा टोलीमा समावेश गरिएको छ ।
यस पटकको टी–२० विश्वकपमा कुल २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताका लागि टोली घोषणा गर्ने न्युजिल्यान्ड पहिलो राष्ट्र बनेको छ ।
सन् २०२४ को टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली
केन विलियम्सन (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कोन्वे, लोकी फर्गुसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी निशाम, ग्लेन फिलिप्स, राचिन रवीन्द्र, मिचेल स्यान्टनर, इश सोधी र टिम साउदी ।
ट्राभलिङ रिजर्भ : बेन सियर्स
टी–२० विश्वकप २०२४ को उद्घाटन खेल क्यानडा र घरेलु टोली अमेरिकाबीच हुने भएको छ । यो खेल जुन १ मा डलासमा हुनेछ । सन् १८४४ मा अमेरिका र क्यानडाबीच क्रिकेट इतिहासको पहिलो खेल पनि भएको थियो । प्रतियोगितामा न्युजिल्यान्डले जुन ७ मा अफगानिस्तानसँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि टोलीले जुन १२ मा आयोजक वेस्ट इन्डिजसँग खेल्नुपर्ने छ । जुन १४ मा टोलीले युगान्डासँग खेल्नेछ भने जुन १७ मा पपुवा न्युगिनीसँग खेल्नेछ । न्युजिल्याण्डटी–२० विश्वकपमा समूह ुसीु मा रहेको छ ।
न्युजिल्यान्डले अहिलेसम्म एउटा पनि विश्वकप जित्न सकेको छैन ।
भारत, पाकिस्तान, अस्ट्रेलिया र श्रीलङ्काले १–१ पटक टी–२० विश्वकपको उपाधि जितेका छन् । वेस्ट इन्डिज (२०१२ र २०१६) र इङ्ल्यान्ड (२०१० र २०२२) ले २–२ पटक उपाधि जितेका छन् । अहिलेसम्म ८ पटक खेलिसकेको प्रतियोगिताको नवौं संस्करण अमेरिका र वेष्ट इन्डिजमा खेलाइनेछ ।

टिप्पणी लेख्नुहोस्