आइपिएल २०२४ : कोलकाताले जारी सिजनमा दिल्लीलाई दोस्रो पटक पराजित गर्यो
काठमाडौंँ । आइपिएल २०२४ को ४७ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ । कोलकाताले जारी सिजनमा दोस्रो पटक दिल्लीलाई हराएको हो । १ सय ५४ रनको विजय लक्ष्य कोलकाताले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
इडेन गार्डेन्स रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यापिटल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । केकेआरका लागि फिल साल्टले ३३ बलमा ६८ रन बनाए । उनले सिजनमा आफ्नो चौथो अर्धशतक प्रहार गरे। सुनिल नारायणले १५ र रिंकु सिंहले ११ रनको योगदान दिए । दिल्लीका अक्षर पटेलले २ विकेट लिए।
यसअघि दिल्लीका लागि कुलदीप यादवले २६ बलमा अविजित ३५ रन बनाए भने कप्तान ऋषभ पन्तले २७ रनको योगदान दिए । बलिङतर्फ कोलकाताका वरुण चक्रवर्तीले ३ विकेट लिए भने वैभव अरोरा र हर्षित रानाले २–२ विकेट लिए । यस्तै मिचेल स्टार्क र सुनिल नारायणले समान १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्