जयकुमार नाथ शाह स्मृति यु–१६ क्रिकेट : आलोक विद्याश्रम, सैनिक महाविद्यालय, डिएभी र संस्कृती विजयी
काठमाडौंँ । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा तल्लो र माथील्लो मुलपानी क्रिकेट मैदानमा जारी जयकुमार नाथ शाह स्मृति यु–१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आलोक विद्याश्रम, सैनिक आवासीय महाविद्यालय, डिएभी स्कुल र संस्कृती इन्टरनेशनल स्कुल विजयी भएका छन ।
माथील्लो मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रवार भएको पहिलो खेलमा आलोकले ग्लालेक्सी पब्लिक स्कुललाई ५ विकेटले पराजित गर्यो । ग्यालेक्सीले दिएको ९६ रनको लक्ष्य आलोकले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
आलोकका रायन शेर्पाले सर्वाधिक ३१ रन बनाए। यस्तै, सूर्य थापा र अवेसम थापामगरले ११-११ रन बनाए। ग्यालेक्सीक रुद्राक्ष शर्माले २ विकेट लिए। यस्तै, आतिफ खान र सुजित नेपालले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको ग्यालेक्सीले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको बनाएको थियो। ग्यालेक्सीका लागि रुद्राक्ष शर्माले सर्वाधिक २३ रन बनाए। स्वीकृत रिजाल र आतिफ खानले १९-१९ रन बनाए।
आलोकका रायन शेर्पा, अवेसम थापामगर र काश्यप अधिकारीले ३-३ विकेट लिए। आलोकका रायन शेर्पा खेलको प्लेयर अफ द म्याच घोषित भए ।
तल्लो मुलपानी मैदानमा भएको पहिलो खेलमा सैनिक आवासीयले रेडियन्ट रिडर्स स्कुललाई १० विकटले पराजित गर्यो। रेडयन्टले दिएको ९० रनको लक्ष्य सैनिकले १० ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो।
सैनिकको जितमा रमन गिरीले अर्धशतक प्रहर गरे। त्यस्तै, राजदीप आचार्यले २७ रन बनाए। त्यसअघि ब्याटिङ गरेको रेडियन्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८९ रन बनायो।
रेडियन्टका युवराज कुश्वाहले सर्वाधिक २४ रन बनाए। अनुज झाले २० तथा निलेश सिटौलाले ९ रन बनाए। सैनिकका प्रत्युश आचार्य र लबकुमार ठाकुरले २-२ विकेट लिए। सैनिकका रमन गिरी खेलको प्लेयर अफ द म्याच भए ।
माथील्लो मुलपानी मैदानमा भएको दोस्रो खेलमा डिएभीले गेटवे एकेडमीलाई ६४ रनले पराजित गर्यो । डिएभीको जितमा खेलको प्लेयर अफ द म्याच प्रसिद्ध जैसीले ब्याटीङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । प्रसिद्धले २७ बलमा ४८ रन बनाउदै ४ विकेट लिए । पहिले ब्याटिङ गरेको डिएभीका लागि कृतीक ज्ञवालीले ४० तथा आरुस गुप्ताले ३१ रनको योगदान दिए । गेटवेका सबिर अन्सारीले ३ लक्ष्मण भुर्तेलले २ तथा आयान सत्यालले १ विकेट लिए ।
डिएभीले दिएको २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा गेटवे टोली २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४६ रनमा रोकियो । टोलीका लागि मुरशिद एकवालले ४५ बलमा ५० रनको अर्धसतकीय पारी खेले । त्यस्तै सबिर अन्सारीले २५ तथा लक्ष्मण भुर्तेलले १३ बनाए । गेटवेलाई अलआउट बनाउने क्रममा प्रसिद्ध जैसीले ४ विकेट लिदा कमल शाहीले २ तथा कुन्जन आर्चायले १ विकेट लिए ।
तल्लो मुलपानी मैदानमा भएको दोस्रो खेलमा संस्कृती इन्टरनेशनल स्कुलले त्रियोग हाई स्कुललाई ३ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको त्रियोगले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । टोलीका लागि प्रयोश गुरुङ (३६), शुलक्ष भट्ट (१८) र उत्सव पाण्डेले (१०) रन बनाए । संस्कृतीका लागि आरोन प्रधानले २ तथा स्पर्श र श्रीयान्स अग्रवालले १-१ विकेट लिए ।
प्रतिउत्तरमा १ सय ६ रनको लक्ष्य संस्कृतीले १३ ओभरमा ७ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा खेलको प्लेयर अफ द म्याच श्रेयज श्रेष्ठले २९ बलमा ३४ रनको योगदान दिए । त्यस्तै आरुस राजभण्डारी (११) र श्रुयान्स थापाले १० रन बनाए । त्रियोगका दिवस पाण्डेले ४ तथा प्रनिल शर्मा र प्रयोश गुरुङले १-१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्