शहिद कप टि-२० क्रिकेट : कोशीले कर्णाली प्रदेशलाई हरायो
जनकपुर । चौंथो शहिद कप अन्तर प्रदेश टि-२० क्रिकेट प्रतियोगितामा कोशीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । जनकपुरको रामजानकी बहुउदेश्य रंगशालामा शुक्रवार टस जितेर ब्याटिङ गरेको कर्णाली १६.३ ओभरमा अलआउट हुँदै मात्र ६८ रन बनाएको थियो । कर्णालीका लागि रविन्द्र जंग शाही (२०), युनिस बिक्रम शाही (१३) र दिवान पुनले (१२) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । कर्णाली लाई कम स्कोरमा रोक्न कोशीका प्रकाश कार्किले ४ ओभरमा २ मेडन सहित १० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै दिपेश कँडेलले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । अभ्यास तिम्सिना र कृतिक कामतले १-१ विकेट लिए ।
कर्णालीले दिएको लक्ष्य कोशी प्रदेशले १३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाउदै पुरा गर्यो । टोलीका लागि सोनु अंसारी (१८), मिनास थापा (१३) र रुपक बराल (७) र सुजन थपलियाले (६) रनको योगदान दिए । समिर कार्कि (१४) र दिपेश कँडेल (९) रनमा अविजित रहे । कर्णालीका लागि बिष्णु प्रसाद शर्माले २ तथा दिवान पुन र दिनेश अधिकारीले समान १-१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत शनीवार (भोली) को खेल मधेश र कर्णाली प्रदेश तथा गण्डकी र कोशी प्रदेशबीच हुने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्