लेख विवरण

जयकुमार नाथ शाह स्मृति यु–१६ क्रिकेट : रत्नराज्य, केएमसी, मोक्षदा र एन्जल हर्ट विजयी

जयकुमार नाथ शाह स्मृति यु–१६ क्रिकेट : रत्नराज्य, केएमसी, मोक्षदा र एन्जल हर्ट विजयी

काठमाडौंँ । जयकुमार नाथ शाह स्मृति यु–१६ क्रिकेट प्रतियोगिता अन्तर्गत शनीवार भएको पहिलो खेलमा रत्नराज्य सकेन्डरी स्कुल विजयी भएको छ । माथील्लो मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा रत्नराज्यले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेक्सस इन्टरनेशनल एकेडमी १७.२ ओभरमा ९४ रन बनाउदै अलआउट भयो । टोलीका लागि स्पन्दन सेडाई (१३) रन बनाउदा प्रभिसन कार्की र प्रज्वल बस्नेतले १२-१२ रन बनाए । नेक्सस इन्टरनेशनललाई सस्तैमा समेटन रत्नराज्यका भुवन खातीले मात्र ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपेश थापाले ३ तथा आयुश महतोले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको रत्नराज्यले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९० रन बनाएको थियो । टोलीका लागि करण चौधरीले अर्धसतकीय पारी खेल्दै ४३ बलमा ५६ रन बनाए । सरोज बयाकले पनि अर्धसतक प्रहार गर्ने क्रममा ३९ बलमा ५३ रन बनाए । साहेब मियाले २५ बलमा ३८ रन बनाए । नेक्ससका लागि प्रभिसन कार्की र सौर्य केशरीले १-१ विकेट लिए ।

तल्लो मुलपानी मैदानमा भएको दोस्रो खेलमा केएमसी स्कुलले एपीआई स्कुललाई सुपर ओभरमा पराजित गर्यो । यसअघि पहिले ब्याटिङ गरेको एपीआईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन बनाएको थियो । टोलीका लागि युगाम्त कार्की (३२), बिशेष श्रेष्ठ (२७) र विराट बस्नेतले (१३) रन बनाए । केएमसीका लागि प्रसर्व कार्कीले २ तथा विधान सापकोटा र अपिल शर्माले १-१ विकेट लिए ।

लक्ष्य पछ्याएको केएमसीले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ३५ रन बनायो । टोलीका लागि धनराज दाहाल (४८), सिमोन बन्जारा (१९) र अभिषेक साहले (१८) रन बनाए । एपीआईका लागि विराट बस्नेतले २ तथा उर्वर श्रेष्ठ र यकेन्द्र बुढाले १-१ विकेट लिए ।

शनीवार भएको तेस्रो खेलमा मोक्षदा स्कुलले एलआरआइलाई ७ विकेटले पराजित गर्यो । एलआरआइले दिएको ६७ रनको लक्ष्य मोक्षदाले १२.३ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा श्याम नेपाल (३८), सुर्य वीर चन्द (१८) र अभि राजपुतले अविजित (५) रन बनाए । एलआरआइका लागि समृद्ध केसीले २ तथा निश्चल रोकाले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको एलआरआइका लागि निश्चल रोका र अनुप सिंहले १५-१५ रन बनाउदा रिसभ रोका ७ रन बनाएर आउट भए । मोक्षदाका लागि नितेश बुढाथोकीले ५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अभि राजपुतले पनि ३ विकेट लिदा श्याम नेपालले १ विकेट लिए ।

तल्लो मुलपानी मैदानमा भएको चौथों खेलमा एन्जल हर्ट स्कुलले जेम्स स्कुललाई १० विकेटले पराजित गर्यो । एन्जलको जितमा युवराज खत्रीले अर्धसतकीय पारी खेल्दै ३१ बलमा अविजित ७१ रनको योगदान दिए । त्यस्तै जोय थापाले २८ बलमा अविजित ३४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ३० रन बनाएको थियो । टोलीका लागि प्रवल श्रेष्ठ (२१), सुधिर पौडेल (१९) र वैभव कोइरालाले (१२) रन बनाएका थिए । एन्जलका लागि जोय थापाले ३ विकेट लिदा युवराज खत्रीले २ तथा सन्दीप साउदले १ विकेट लिए ।

जयकुमार नाथ शाह स्मृति यु–१६ क्रिकेट : रत्नराज्य, केएमसी, मोक्षदा र एन्जल हर्ट विजयी
जयकुमार नाथ शाह स्मृति यु–१६ क्रिकेट : रत्नराज्य, केएमसी, मोक्षदा र एन्जल हर्ट विजयी
जयकुमार नाथ शाह स्मृति यु–१६ क्रिकेट : रत्नराज्य, केएमसी, मोक्षदा र एन्जल हर्ट विजयी

टिप्पणी लेख्नुहोस्

Please Login to comment.