सुटिङ अध्यक्ष श्रेष्ठ इइसीको उपाध्यक्षमा निर्वाचित
काठमाडौंँ । नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ युरोपियन इकोनोमिक च्याम्बर (इइसी) नेपालको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
एयरपोर्ट होटल काठमाडौंमा भएको इसीसीको १६ औं साधारण सभाले नारायण बजाजको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन ग¥यो । अन्य २ उपाध्यक्षमा उर्मिला श्रेष्ठ र करण वैद्य रहेका छन् ।
दिपेन्द्र प्रधानाङले महासचिव तथा अनिन राजभण्डारीले कोषाध्यक्षको जिम्मेवारी पाए । सिद्धार्थमणि राजभण्डारी, भ्योमा कोइराला, दिनेश श्रेष्ठ, अश्विन केडिया, विधाता श्रेष्ठ, विदुशी राणा र बरिष्म साउद सदस्यमा चयन भए ।

टिप्पणी लेख्नुहोस्