लेख विवरण

एपीएफ टिम राष्ट्रिय सान्डा प्रतियोगिताको च्याम्पियन

एपीएफ टिम राष्ट्रिय सान्डा प्रतियोगिताको च्याम्पियन

काठमाडौंँ । नेपाल एपीएफ क्लबले प्रगम बीपी स्मृति खुला राष्ट्रिय सान्डा प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले ५ स्वर्ण र २ रजत जित्यो ।

दोश्रो भएको नेपाल प्रहरीले ५ स्वर्ण र २ कांस्य हात पा¥यो । तेश्रो स्थानको नेपाल आर्मीले ६ रजत र ४ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको पुरुषमा एपीएफका रोहित चुनारा र महिलामा प्रहरीकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

ललितपुरमा भएको दुईदिने प्रतियोगितामा करिब १ सय खेलाडी सहभागी थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.