आइपीएल : चेन्नईले पञ्जाबलाई दियो १ सय ६८ रनको लक्ष्य
काठमाडौंँ । पञ्जाबले चेन्नई सुपर किंग्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा आज एक डबल हेडर (एक दिनमा दुई खेल) खेलिँदैछ । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियममा जारी पहिलो खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको छ । चेन्नईका लागि रविन्द्र जडेजाले सर्वाधिक ४३ रन बनाए । सीएसकेका पूर्व कप्तान एमएस धोनी पहिलो बलमै बोल्ड भए। उनलाई हर्षल पटेलले आउट गरेका थिए । ऋतुराज गायकवाड ३२ र डेरिल मिचेलले ३० रन बनाए । मोइन अली र शार्दुल ठाकुरले १७–१७ रनको योगदान दिए ।
पञ्जाबका लागि राहुल चाहर र हर्षल पटेलले ३–३ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्