लेख विवरण

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघद्धारा श्रेष्ठको बिदाइ

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघद्धारा श्रेष्ठको बिदाइ

काठमाडौंँ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सेवा निवृत भएका कर्मचारी गोपाल श्रेष्ठलाई आइतबार बिदाइ गरेको छ ।

प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतले श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गर्दै एक कार्यक्रमबीच बिदाइ गरे ।

यहि बैशाख १२ गते ५८ वर्षे उमेर हदका कारण श्रेष्ठले अनिवार्य अवकाश प्राप्त गरेका थिए ।

सहायक द्वितीय श्रेष्ठ अवकाश हुनुअघि राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा कार्यरत थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.