लेख विवरण

जितकुन्डोको सेमिनार सम्पन्न

जितकुन्डोको सेमिनार सम्पन्न

काठमाडौंँ । नेपाल जित कुन्डो मार्सल आर्ट्सप संघको आयोजनामा आठौं टेडवाङ जितकुन्डो सेमिनार आइतबार सम्पन्न भएको छ ।

एकदिने सेमिनारमा नेपाल, भारत र बंगलादेशबाट सिनियर खेलाडी र प्रशिक्षक गरी ४० जना सहभागी भएको आयोजक संघका महासचिव शिवबहादुर थापाले जनाएका छन् ।

सहभागीलाई अन्तर्राष्ट्रिय निर्णायकद्वय स्पेनका ज्याक्विन मार्सेलो र पोल्यान्डका मिचल चाप्लाले प्रशिक्षण दिएका थिए । सेमिनार सञ्चालनका लागि उनीहरुलाई थापाले सहजीकरण गरेका थिए । सोमबार प्रशिक्षकका लागि विशेष तालिम हुने आयोजकले जनाएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.