टी–२० विश्वकपको पाँच टोलीमा २२ भारतीय खेलाडी, अमेरिकी टोलीमा सर्वाधिक ८
काठमाडौंँ । टी–२० विश्वकप आगामी जुन महिनामा वेस्ट इन्डिज र अमेरिकामा हुने तय भएको छ । प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये ११ टोली ले प्रतियोगिताका लागि आ–आफ्नो खेलाडी घोषणा गरिसकेका छन् । प्रतियोगितामा भारत बाहेक ५ टोलीमा भारतीय मूलका २२ खेलाडी छनोट भएका छन् ।
आयोजक अमेरिकामा सबैभन्दा बढी ८ भारतीय मूलका खेलाडीहरु छन्, जसमा कप्तान मोनांक पटेल पनि छन् । क्यानडामा ७ र ओमानमा ४ खेलाडी छन् । दक्षिण अफ्रिकी टिममा एक र न्युजिल्याण्डको टिममा २ खेलाडी छन् ।
अमेरिकी टोलीका मोनांक, मिलिन्द, सौरभ र क्यानडाका परगट सिंहले बीसीसीआईको घरेलु क्रिकेट खेलेका छन् ।
मोनांकले गुजरातका लागि यू–१६ र अन्डर–१८ क्रिकेट खेलेका छन् । अमेरिकी टोलीका मिलिन्द र सौरभले पनि रणजी ट्रफी खेलेका छन् । क्यानडाका परगट सिंहले पनि पञ्जाबबाट रणजी खेलेका छन् ।
विदेशी टोलीमा भारतीय मूलका खेलाडीहरु
अमेरिकामा भारतीय मूलका ८ खेलाडीलाई स्थान दिइएको छ । मोनांक पटेल, हरमित, जैसी, मिलिन्द, निसर्ग, नितिश, नोष्टुश र सौरभ।
क्यानडामा भारतीय मूलका ७ खेलाडीलाई स्थान दिइएको छ । जसमा दिलप्रीत बाजवा, हर्ष ठाकर, कन्वरपाल तथगुर, नवनीत धालीवाल, परगट सिंह, रविन्द्रपाल सिंह र श्रेयस मोव्वा ।
ओमानमा भारतीय मूलका चार खेलाडी टोलीमा परेका छन् । जसमा कश्यप प्रजापति, प्रतीक अठावले, अयान खान र शोएब खान रहेका छन् ।
दक्षिण अफ्रिकी टोलीमा केशव महाराज भारतीय मूलका खेलाडी रहेका छन् ।
न्यूजिल्याण्डमा रचिन रविन्द्र र इश भारतीय मूलका खेलाडी रहेको छन् ।
भारतका लागि अन्डर-१९ विश्वकप खेलेका खेलाडीहरू
३२ वर्षीय मध्यम गतिका बलर सौरभले रणजीमा मुम्बईको प्रतिनिधित्व गरेका थिए । उनी सन् २०१० को यू–१९ विश्वकपमा भारतीय टोलीका सदस्य थिए ।
३१ वर्षीय अयानले मध्य प्रदेशका लागि सैयद मुश्ताक अली टी–२० ट्रफी खेलेका छन् ।
अमेरिकामा क्रिकेटरलाई ३ महिनादेखि १ वर्षसम्मको सेन्ट्रल कन्ट्र्याक्ट दिइन्छ ।
रिपोर्टका अनुसार यहाँका खेलाडीको न्युनतम तलब १५ हजार ८० डलर छ भने अधिकतम तलब ९० हजार डलर रहेको छ ।

टिप्पणी लेख्नुहोस्