आइपिएल २०२४ : कोलकाता विरुद्ध लखनउले टस जितेर फिल्डिङ गर्दै
काठमाडौंँ । आइपिएल २०२४ को यात्रा फेरि लखनउ फर्किएको छ, जहाँ लखनऊ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स यस सिजनको ५४ औं खेलमा प्रतिस्पर्धा गर्न लागेका छन्। खेलमा लखनउका कप्तान केएल राहुलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
अंक तालिकाको शीर्ष ४ मा रहेका यी दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुवैले यसअघिका खेल जितेका छन् । लखनउ यस खेलमा कोलकातासँग जित निकाल्न चाहन्छ, जबकि केकेआरसँग १६ अंक जोड्ने मौका छ। कोलकाताले यो सिजन अहिलेसम्म १० मध्ये ७ खेल जितेको छ र टोली १४ अंकसहित दोस्रो स्थानमा छ। लखनउले यो सिजन अहिलेसम्म १० मध्ये ६ खेल जितेको छ र १२ अंकसहित तेस्रो स्थानमा छ।
कोलकाताको सुरुवाती ११ : श्रेयस अय्यर (कप्तान), फिल साल्ट, सुनील नारायण, अङ्क्रिश रघुवंशी, वेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती, र हर्षित राना।
लखनऊको सुरुवाती ११ : केएल राहुल (कप्तान), मार्कस स्टोइनिस, दीपक हुडा, निकोलस पूरन, एस्टन टर्नर, आयुष बडोनी, क्रुणाल पाण्ड्या, रवि बिश्नोई, नवीन(उल(हक, मोहसिन खान र यश ठाकुर।

टिप्पणी लेख्नुहोस्