गण्डकी प्रदेश स्केटिङ्गको अध्यक्षमा राजकुमार घिमिरे चयन
काठमाडौंँ । गण्डकी प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ पोखरा रंगशाला स्थित गण्डकी प्रदेश खेलकुद परिषद्को कार्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता संयोजक राजकुमार घिमिरेले गरेका थिए भने प्रमुख अतिथी गन्डकी खेलकुद परिषद्का सदस्य बिनय थापाले गरेका थिए ।
भेलाले ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्ष राजकुमार घिमिरे, उपाध्यक्षमा बुद्दि पुन, सचिवमा सूर्यबहादुर खड्का, कोषाध्यक्षमा भरत तिमिल्सिना, सदस्यहरुमा सुनिल भुर्तेल, दयाराम अधिकारि, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंह रहेका छन् ।
भेलाले स्केट खेलको ईतिहास, वर्तमान र आगामी भविस्यसहित छलफल गरेर यो खेलको विकास, प्रचार प्रसार, प्रवद्र्धन र मर्यादित बनाउने प्रतिबद्धता गर्यो ।

टिप्पणी लेख्नुहोस्