लेख विवरण

राष्ट्रिय फुटबल टोलीकी सदस्य सविता पुरस्कृत

राष्ट्रिय फुटबल टोलीकी सदस्य सविता पुरस्कृत

काठमाडौंँ । एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रा.लि. ले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता राना मगरलाई नगदले पुरस्कृत गरेको छ ।

प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए ।

साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेको भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो ।

जोर्डनसँगको फाइनलमा पेनाल्टीमा नेपाल ५–३ गोलले पराजित भएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो ।

फाइनलमा सविताले नेपालका लागि पहिलो गोल गरेकी थिइन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.