लेख विवरण

प्रकाश स्मृती भलिबलको फाइनल बुधबार हुने

प्रकाश स्मृती भलिबलको फाइनल बुधबार हुने

काठमाडौंँ । प्रकाश दाहाल स्मृती पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिता अन्त्रगतको महांकाल गाँउपालिका र थाहा नगरपालकिा बिचको सेमिफाइनल खेल बर्षाको कारण एक दिन पछि सरेको छ । मंगलबार निर्धारित दोस्रो सेमिपाइनल खेलमा महांकालले पहिलो दुई सेटमा जित हात पारे पछि खेल वर्षाले अबरुद्ध भएको हो । विजेताले फाइनलमा हेटौडा नगरपालिकासँग खेल्ने छ । हेटौडाले घ्यामलेक गाउँपालिकालाई सेमिफाइनलमा हराउदै फाइनलमा प्रवशे गरेको हो ।

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार दोस्रो सेमिफाइनल र फाइनल खेल बुधबार हुने छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।

प्रतियोगिताको सुरुवात देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका हेटौडा र थाहा अपराजित टोली हुन् । घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौडासँग पराजित हुनुको बाबजुद उत्कृष्ट कम ब्याक गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.