आइपिएलबाट बाहिरिएपछि दुई गुटमामा बाँडियो मुम्बई इन्डियन्स, सिनियर खेलाडीले उठाए प्रश्न
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं संस्करण मुम्बई इन्डियन्सका लागि कुनै सपना भन्दा कम रहेन । पाँच पटकको च्याम्पियन मुम्बई सन् २०२४ को आइपिएलबाट बाहिरिने पहिलो टोली बनेको छ । यसैबीच, टोलीको खराब प्रदर्शनको बारेमा ठूलो खुलासा भएको छ। रिपोर्टका अनुसार मुम्बईको टोली दुई समूहमा विभाजित भएको छ । केही सिनियर खेलाडीले पनि कप्तान हार्दिक पाण्ड्यालाई लिएर गुनासो गरेका छन् ।
रिपोर्टका अनुसार टोलीका सिनियर खेलाडीहरुले हार्दिक पाण्ड्याको व्यवहारमाथि प्रश्न उठाएका छन् । साथै, केही प्रमुख खेलाडीले कोचिङ स्टाफलाई टोलीको खराब प्रदर्शनको कारण संवादको कमी र यसको प्रमुख कारण हार्दिक पाण्ड्याको कप्तानी शैली भएको बताएका थिए ।
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार रोहित शर्मा, जसप्रित बुमराह र सूर्यकुमार यादवले एक खेलपछि कोचिङ स्टाफसँग मिटीङ गरेका थिए । उनले टोलीको खराब प्रदर्शनबारे बोलेका थिए । हार्दिक पाण्ड्याको कप्तानी शैलीबाट टिमका धेरै खेलाडी खुसी नभएको बताइएको छ ।
दिल्ली क्यापिटल्ससँगको हारपछि हार्दिक पाण्ड्याले तिलक वर्मामाथि औंला उठाएका थिए । उनले खेलपछि अक्षर पटेलले बलिङ गरिरहेको बेला तिलकलाई निशाना बनाउनुपरेको बताएका थिए ।
मुम्बई इन्डियन्सको खराब प्रदर्शनको बिषयमा क्रिकेट विशेषज्ञ र पूर्व क्रिकेटरहरूले टोली दुई समूहमा विभाजन भएको बताएका छन् । अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले भने, 'मलाई लाग्छ कि ड्रेसिङ रुम भित्र विभिन्न समूहहरु छन्। तिनीहरू सँगै मिलेका छैनन्, तिनीहरू एक टोलीको रूपमा खेलिरहेका छैनन्।'

टिप्पणी लेख्नुहोस्