लेख विवरण

सन् १९८६ को विश्वकपमा म्याराडोनाले पाएको गोल्डेन बल ट्रफी लिलामीमा

सन् १९८६ को विश्वकपमा म्याराडोनाले पाएको गोल्डेन बल ट्रफी लिलामीमा

काठमाडौंँ । अर्जेन्टिनाका दिवंगत फुटबलर डिएगो म्याराडोनालाई सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्रदान गरिएको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । अगुट्स लिलामीले मंगलबार यो जानकारी दिएको हो । लिलामी अर्को महिना फ्रान्समा हुनेछ ।

लिलामीका लागि जाने यो पहिलो गोल्डेन बल हो र यसको मूल्य यकिन हुन बाँकी छ । तर, जुन ६ मा हुने लिलामीमा यसको मूल्य करोडौं हुने अनुमान गरिएको छ ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले पराजित गर्दै सन् १९८६ को विश्वकपको ट्रफी जितेको थियो । गोल्डेन बल ट्रफी सन् १९८२ को विश्वकपबाट सुरु भएको थियो र अर्जेन्टिनाका लियोनल मेसी एक मात्र खेलाडी हुन् जसले दुई पटक गोल्डेन बल ट्रफी जितेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.