लेख विवरण

टी–२० विश्वकप टोलीमा नपरेपछि यी खेलाडीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

टी–२० विश्वकप टोलीमा नपरेपछि यी खेलाडीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौंँ । न्युजिल्यान्डका ३७ वर्षीय ब्याट्सम्यान कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । टी–२० विश्वकपमा न्युजिल्यान्डको टिममा छनोट हुन नसकेपछि मुनरोले यो निर्णय लिएका हुन् । यद्यपि, उनले फ्रेन्चाइज क्रिकेट खेलिरहनेछन् ।

उनले सन् २०२० यता न्युजिल्यान्डका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यद्यपि उनले आफूलाई टी–२० विश्वकपका लागि उपलब्ध रहेको बताएका थिए । टी–२० विश्वकपका लागि उनको नाम पनि चर्चामा थियो ।

न्युजिल्याण्डका प्रशिक्षक ग्रे स्टिडले यसको पुष्टि गरेका छन् । उनले विश्वकप टिम छनोटका क्रममा मुनरोको नाम पनि चर्चामा रहेको तर बायाँ हाते खेलाडीले टोलीमा स्थान नपाएको बताए ।

मुनरोले तीनवटै फर्म्याटमा १ सय २३ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले ३ हजार भन्दा बढी रन बनाउनुका साथै १३ विकेट पनि लिएका छन् ।

कोलिन मुनरोले न्युजिल्यान्डका लागि ६५ टी–२० म्याच खेल्ने क्रममा १ हजार ७ सय २४ रन बनाएका छन् । उनले यो फर्म्याटमा तीन शतक पनि बनाएका छन् । उनले सन् २०१८ मा वेस्ट इन्डिजविरुद्ध ४७ बलमा शतक प्रहार गरेका थिए, जुन त्यतिबेला न्युजिल्यान्डको रेकर्ड थियो, उनले भारतविरुद्ध पनि टी–२० मा शतक बनाएका छन् ।

मुनरोले श्रीलङ्काविरुद्ध १४ बलमा अर्धशतक बनाएका छन्, जुन टी-२० अन्तर्राष्ट्रियमा चौथो छिटो हो।

त्यस्तै उनले ५७ एकदिवसीय खेलमा १०४.६९ को स्ट्राइक रेटमा १ हजार २ सय ७१ रन बनाएका छन् । जसमा ८ अर्धशतक पनि समावेश छ । एक टेस्ट म्याचमा उनले १५ रन बनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.