लेख विवरण

एबी डिभिलियर्सले हार्दिक पाण्ड्यालाई भने घमण्डी, धोनीको तुलना गर्न खोजेको आरोप

एबी डिभिलियर्सले हार्दिक पाण्ड्यालाई भने घमण्डी, धोनीको तुलना गर्न खोजेको आरोप

काठमाडौंँ । आइपिएलको १७ औं संस्करणमा यदि कुनै एक कप्तानले टिम र आफ्नो प्रदर्शनका कारण सबैभन्दा बढी आलोचनाको खेप्नु परेको छ भने ती खेलाडी अरु कोही नभएर हार्दिक पाण्ड्या हुन् । आइपिएलको जारी सिजनका लागि जब रोहित शर्माको स्थानमा हार्दिकलाई मुम्बई इन्डियन्सको कप्तान बनाउने निर्णय गरिएको थियो, तबदेखि फ्रेन्चाइजीले प्रशंसकहरूबाट लगातार आलोचनाको सामना गर्नुपरेको छ, जबकि टोलीको प्रदर्शन पनि निराशाजनक रहेको छ। यसैबीच दक्षिण अफ्रिकाका अनुभवी खेलाडी एबी डिभिलियर्सले हार्दिक पाण्ड्याको कप्तानीमाथि प्रश्न उठाएका छन्, उनले भनेका छन्, पाण्ड्याको कप्तानी गर्ने तरिकामा घमण्ड छ ।

एबी डिभिलियर्सले आफ्नो युट्युब च्यानलमा कुरा गर्ने क्रममा पाण्ड्याको आलोचना गर्दै उनको कप्तानी गर्ने तरिका निकै खराब देखिएको बताए । उनले पाण्ड्यामा एक किसिमले घमण्डको झल्को पाएको बताए । उनले भने, 'मलाई लाग्दैन कि पाण्ड्या मैदानमा आफूलाई जस्तो देखाउने प्रयास गर्छन् खासमा उनी त्यस्तो छन्। यद्यपि, उनले जस्तो निर्णय गरेका छन्, के यो उनको नेतृत्व गर्ने तरिका हो ? उनी आफूलाई धोनीजस्तै शान्त र कम्पोज्ड देखाउन खोज्छन् तर त्यस्तो पटक्कै छैन । जब तपाईं गुजरात टाइटन्स टिमको कप्तान हुनुहुन्थ्यो, त्यहाँ धेरै युवा खेलाडीहरू थिए र यस्तो अवस्थामा अनुभव नभएका खेलाडीहरूले यस प्रकारको नेतृत्वलाई पछ्याउन सक्छन्, तर मुम्बई इन्डियन्समा धेरै सिनियर खेलाडीहरू छन् जसले पहिले पनि तपाईंसँग खेलेका छन् र यस्तो अवस्थामा उनीहरूलाई यसरी कप्तानी गर्ने तरिका बिल्कुलै सही छैन।'

डिभिलियर्सले भने, 'म हार्दिकलाई कप्तानको रूपमा मन पराउँदिनँ, म उनलाई खेलिरहेको हेर्न चाहन्छु। टिममा रोहित शर्मा र जसप्रित बुमराह जस्ता अनुभवी खेलाडीहरु छन्, त्यसैले तपाईले शान्त हुन आवश्यक छ र त्यहाँ सबैका अगाडि आफूलाई ठूलो देखाउन आवश्यक छैन।'

एक पूर्व भेट्रानखेलाडीले उनको नेतृत्व शैलीमाथि प्रश्न उठाउनुअघि नै हार्दिकले आफ्नो कप्तानी शैलीका कारण आलोचना खेप्नुपरेको यो पहिलो पटक भने होइन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.