आइपिएलमा गुजरात विरुद्ध चेन्नईले टस जितेर बलिङ रोज्यो
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को ५९ औं खेल गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच साँझ ७ः४५ बजेदेखि नरेन्द्र मोदी स्टेडियममा सुरु भएको छ । खेलमा चेन्नईले टस जितेर बलिङ रोजेको छ ।
सीएसकेमा रिचार्ड ग्लीसनको स्थानमा रचिन रविन्द्र प्लेइङ–११ मा फर्किएका छन् । अर्कोतर्फ गुजरातले टोलीमा दुई परिवर्तन गरेको छ । रिद्धिमान साहा घाइते भएका छन् भने जोशुआ लिटिल टिम कम्बिनेसनका कारण आउट भएका छन् । म्याथ्यू वेड र कार्तिक त्यागी प्लेइङ–११ मा छन् । त्यागी गुजरातका लागि डेब्यु गर्दैछन् ।
जीटी र सीएसकेबीचको यो सिजनको यो दोस्रो भिडन्त हो । अन्तिम खेलमा चेन्नई ६३ रनले विजयी भएको थियो । दुवै टोलीले सिजनको १२ औं खेल खेल्दैछन् ।
दुवै टोलीको प्लेइङ–११
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सुदर्शन, डेविड मिलर, शाहरुख खान, म्याथ्यू वेड (विकेटकीपर), राहुल तेवतिया, राशिद खान, नूर अहमद, उमेश यादव, मोहित शर्मा र कार्तिक त्यागी।
चेन्नई सुपर किंग्स : रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, डेरिल मिशेल, मोईन अली, शिवम दुबे, रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मिचेल सैन्टनर, शार्दुल ठाकुर, तुषार देशपाण्डे र सिमरजीत सिंह।

टिप्पणी लेख्नुहोस्