नेपाली बक्सिङ टोली स्वदेश फिर्ता
काठमाडौं । काजकिस्थानको राजधानी आस्ताना शहरमा अप्रिल २७ देखि मे ७ सम्म सन्चालन भएको एएसबिसी एशियन यू-२२ र युथ बक्सिङ प्रतियोगितामा सहभागी नेपाली बक्सिङ टोली स्देश फर्किएका छन् ।
४८ केजी तौल समुहमा नेपाली मुक्केबाज लाल प्रसाद उप्रेती मंगोलियन मुक्केबाज ओट्गोन्बायर तुभ्शिन्जायसंग ५ः० अंकको आधारमा पराजित भए भने २०२२ मा थाईल्याण्डको राजधानी बैंकक शहरमा सम्पना एएसबिसी एशियन यू-२२ बक्सिङ प्रतियोगितामा ४८ केजी तौल समुहमा दितिय हुन सफल नेपाली मुक्केबाज सुस्मा तामाङ ४८ केजी तौल समुहमा मंगोलियन मुक्केबाज संग (स्प्लीट) अंकको आधारमा पराजित भएकी थिईन ।
पहिलो पटक अन्तरास्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी नेपाली मुक्केबाज रमिसा श्रेष्ठ ईन्डियन मुक्केबाज तमन्नासंग ५० केजी तौल समुहमा (उनानिमस) अंकको आधारमा पराजित भएकी थिईन । नेपालीबाट सहभागी सबै खेलाडीले क्वाटर फाईनल बाउट खेलेका थिए ।
नेपाली टोलीको प्रशिक्षकमा आईबिए वान स्टार कोच सुजित कुमार पुन मगर र रेफ्री/जजमा आईबिए टु रेफ्री/जज धनकुमार मैनाली सहभागी भएका थिए ।

टिप्पणी लेख्नुहोस्