लेख विवरण

आइपिएल : गिल र सुदर्शनको शतकमा चेन्नईलाई २ सय ३२ रनको लक्ष्य

आइपिएल : गिल र सुदर्शनको शतकमा चेन्नईलाई २ सय ३२ रनको लक्ष्य

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को ५९ औं खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई जितका लागि २ सय ३२ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियममा चेन्नईले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३१ रन बनायो ।

जीटीका कप्तान शुभमन गिलले ५५ बलमा १ सय ४ रन बनाए । उनले आइपिएल इतिहासको १०० औं शतक प्रहार गरे । गिलपछि साई सुदर्शनले पनि आफ्नो करियरको पहिलो शतक पूरा गरे । उनले ५१ बलमा १ सय ३ रन बनाए ।

गिल र सुदर्शनले २ सय १० रनको ओपनिङ साझेदारी गरे । यो जारी सिजनको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि सनराइजर्सका अभिषेक शर्मा र ट्रेभिस हेडले १ सय ६७ रनको साझेदारी गरेका थिए । चेन्नईका तुषार देशपांडेले २ विकेट लिए । एक ब्याट्सम्यान रन आउट भए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.