गुजरातको प्लेअफ सम्भावना कायम, चेन्नई ३५ रनले पराजित
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को ५९ औं खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा चेन्नईले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३१ रन बनायो । जवाफमा चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन मात्र बनाउन सक्यो ।
जीटीका कप्तान शुभमन गिल (१०४ रन) ले आइपिएल इतिहासमा १०० औं शतक पूरा गरे । गिलपछि साई सुदर्शन (१०३ रन) ले पनि आफ्नो करियरको पहिलो शतक पूरा गरे । दुवैले २ सय १० रनको ओपनिङ साझेदारी गरेका थिए । बलिङतर्फ चेन्नईका तुषार देशपांडेले २ विकेट लिए ।
चेन्नईका लागि डेरिल मिचेलले ६३, मोइन अलीले ५६, महेन्द्रसिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए । बलिङतर्फ गुजरातका मोहित शर्माले ३ तथा राशिद खानले २ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्