लेख विवरण

ललितपुर मेयर महिला च्याम्पियनसिप : ललितपुर मेयर–११ विजयी

ललितपुर मेयर महिला च्याम्पियनसिप : ललितपुर मेयर–११ विजयी

काठमाडौंँ । राजधानीमा आजबाट सुरु भएको ललितपुर मेयर महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक ललितपुर मेयर–११ले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा ५३ रनको लक्ष्य ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा कप्तान पुजा महतोले ३० बलमा २३ रनको अविजित पारी खेलिन । त्यस्तै लक्ष्मी चौधरीले १२ रन बनाउदा किरण कुँवर र सरस्वती जिएमले ६-६ रन बनाए । बागमतीका लागि खुशी डंगोलले १ विकेट लिइन ।

यसअघि टस जितेर ब्याटिङ गरेको बागमती १४.२ ओभरमा अलआउट हुदै ५२ रनमा रोकिएको थियो । टोलीका लागि कप्तान अस्मीना कर्माचार्यले २० र कञ्चन श्रेष्ठले ११ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । ललितपुरका लागि कृतिका मरासिनीले २ ओभरमा ४ रन खर्चदै ४ विकेट लिइन् । त्यस्तै सरस्वती कुमारीले ३ तथा पुजा महतोले २ विकेट लिइन ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा ललितपुर मेयर–११ र सुदुरपश्चिम प्रदेश तथा दोस्रो खेलमा कोशी प्रदेश र बिभागिय टोली एपिएफ भिड्ने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.