बीएनए कप : एचएचसीए सेमिफाइनलमा
काठमाडौंँ । एचएचसीए सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । सिनियर ब्वाइजमै भ्याली पब्लिक पनि सेमिफाइनलमा पुग्यो ।
आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्सको थ्री बाइ थ्रीमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल फेरिल्यान्ड र नेपाल मोडल तथा भ्याली पब्लिक र स्काइलार्कबीच हुनेछ । जुनियर ब्वाइजमा आयोजक बीएनए र एन्जल्स हार्टले सेमिफाइनल यात्रा तय गरे ।

टिप्पणी लेख्नुहोस्