प्ले टेनिस कोर्स सुरु
काठमाडौंँ । नेपाल टेनिस संघको आयोजनामा प्ले टेनिस कोर्स आइतबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।
चारदिनसम्म चल्ने यो कोर्स टेनिसको आधारभूत प्रशिक्षक प्रशिक्षण कोर्स हो ।
कोर्समा १८ जनाको सहभागिता रहेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
उनीहरुलाई राष्ट्रिय ट्युटर राजकुमार लामा र छेवाङ लामाले प्रशिक्षण दिइरहेका छन् ।
प्रशिक्षकद्वयलाई लेभल वान ट्युटर र लेभल २ कोच शरद लामाले सहयोग गरेका छन् ।

टिप्पणी लेख्नुहोस्